सुर्खेत प्रहरीको दसैं तयारीः गाउँ–गाउँमा गस्ती, तत्काल रेस्पोन्स गर्न मोबाइल टोली – Nepal Press

सुर्खेत प्रहरीको दसैं तयारीः गाउँ–गाउँमा गस्ती, तत्काल रेस्पोन्स गर्न मोबाइल टोली

सुर्खेत । जिल्ला प्रहरी कार्यालयले दसैं, तिहार र छठ पर्वको सुरक्षा तयारीमा तीव्रता दिएको जनाएको छ । सुर्खेत प्रहरीका डीएसपी रामप्रसाद घर्तीका अनुसार यो पटक हरेक गाउँमा प्रहरी पुग्ने गरी तयारी गरिएको हो ।

‘गाउँमा जुवा तास नियन्त्रण, मदिरा सेवनबाट हुने होहल्ला नियन्त्रण, अवैध कार्य, चोरी, डकैती र लुटपाट नियन्त्रणका लागि गाउँमा प्रहरी टोली खटाएका छौं,’ नेपालप्रेससँग उनी भन्छन्, ‘घटना भइहालेमा तत्काल रेस्पोन्स गर्न र प्रहरी पुग्न सहज होस भनेर मोवाइल टोली, मोटरसाइकल टोली र सादा पोसाकमा प्रहरी टोली परिचालन गरेका छौं ।’

उनले सुर्खेत मात्रै नभई कर्णाली भित्रिने सबै नाकामा चेकजाँच गर्न, सडकमा अप्रिय घटना नघटोस भन्नेमा ध्यान दिन पाँच सयको संख्यामा प्रहरी परिचालन गरिएको बताए ।

‘बबई नाका, तातापानी कुइने नाका, कालीमाटी नाका, छेडागाड नाका, रानीमत्ता नाका लगायतका सबै नाकामा पर्याप्त प्रहरी टोली परिचालित भइसकेका छन्,’ उनी भन्छन्, ‘सकेसम्म सुर्खेती नागरिकलाई शान्ति सुव्यवस्थाका साथ दशैं मनाउने वातावरण तयार गरेका छौं । सबै नागरिकबाट पनि शान्ति सुरक्षा कायम गर्न आवश्यक सहयोग पाउनेमा हामी आशावादी छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *