ठूला पार्टीको छायाँमा राप्रपा महाधिवेशन, यी हुन् ४६ जिल्लाका नवनिर्वाचित अध्यक्ष (सूचीसहित) – Nepal Press

ठूला पार्टीको छायाँमा राप्रपा महाधिवेशन, यी हुन् ४६ जिल्लाका नवनिर्वाचित अध्यक्ष (सूचीसहित)

रामेछाप, पर्सा, महोत्तरी, गोरखा र जुम्लाको निर्वाचन विवादित

काठमाडौं । देशको सबैभन्दा ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो कांग्रेसको महाधिवेशन र तेस्रो दल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको छायाँमा राप्रपा महाधिवेशन परेको छ ।

एमाले, कांग्रेस र माओवादीभन्दा पहिले नै महाधिवेशन हुन लागेको राप्रपा आकारको हिसाबले सानो भएकाले पनि उसका गतिविधिले राष्ट्रिय महत्व पाएका छैनन् । तर, पञ्चायत राजनीतिको विरासत बोक्ने राप्रपामा समेत जिल्ला तथा स्थानीय तहमा तीव्र प्रतिस्पर्धाबाट नेतृत्व चयन भइरहेको छ ।

कात्तिक २७ देखि ३० गतेसम्म हुने राप्रपा महाधिवेशनको पूर्वसन्ध्यामा भएका जिल्ला अधिवेशनहरूमध्ये कतिपयमा सर्वसम्मत र अन्य ठाउँमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको केन्द्रीय कार्यसम्पादन समिति सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले २० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २५ गतेसम्म सक्रिय सदस्यता फाराम बुझाइ सक्नुपर्ने निर्देशन तल्ला कमिटीमा पठाएको छ । हालसम्म ४६ जिल्लामा नयाँ नेतृत्व निर्वाचित भइसकेको छ भने पर्सा, जुम्ला, गोरखा, महोत्तरी र रामेछाप जिल्लाको निर्वाचन विवादित भएको छ ।

राप्रपाका निर्वाचित अध्यक्षमध्ये कमल थापानिकट धेरै आएका छन् भने पशुपतिशमसेर जबरा, प्रकाशचन्द्र लोहनी र अब नयाँ पुस्ताको अध्यक्ष हुनुपर्छ भन्ने धारबाट समेत अध्यक्ष निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर