ग्रेटर नेपालको नक्शासहित जेनेभाको ‘ब्रोकन चेयर’मा नेपालीहरुको प्रदर्शन – Nepal Press

ग्रेटर नेपालको नक्शासहित जेनेभाको ‘ब्रोकन चेयर’मा नेपालीहरुको प्रदर्शन

काठमाडौं । स्विटजरल्यान्डको जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४८ औं सत्र चलिरहँदा ग्रेटर नेपालको माग गर्दै प्रदर्शन गरिएको छ । जेनेभास्थित राष्ट्रसंघीय भवन अगाडिको ब्रोकन चेयर भन्ने स्थानमा केही नेपालीहरुले ‘ग्रेटर नेपाल’ को नक्शासहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेपालमाथि भारतीय सीमा अतिक्रमण बन्द हुनुपर्ने भन्दै प्लेकार्डहरु समेत देखाएका थिए । कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग पनि उनीहरुले गरे ।

विगत लामो समयदेखि ग्रेटर नेपालको आवाज उठाउँदै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले अन्तर्राष्ट्रियरूपमा समेत आवाज बुलन्द गर्ने प्रयास गरिरहेको छ ।

जेनेभाको मानवअधिकार परिषद् भवनअगाडिको ब्रोकेन चेयर आफ्नो मागप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न विरोध प्रदर्शन गर्ने स्थलका रूपमा चर्चित रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर