दसैं नजिकिए पनि काठमाडौका खसी बजार सुनसान, व्यवसायी चिन्तित (फोटो/भिडिओ) – Nepal Press

दसैं नजिकिए पनि काठमाडौका खसी बजार सुनसान, व्यवसायी चिन्तित (फोटो/भिडिओ)

काठमाडौं । दसैं आउन एक साता मात्रै बाँकी भए पनि काठमाडौंका खसी बजारहरुमा ग्राहकहरुको खासै चहलपहल छैन । अघिल्ला वर्षहरुमा यो समयमा खसी बजारमा ग्राहकको उल्लेख्य भीड लाग्ने गरेको थियो ।

दसैं नजिकिए पनि ग्राहक नआएका कारण खसी व्यापारीहरु चिन्तित छन् । कलंकी खसी बजारका एक व्यपारीले भने– कोरोनाका कारण यसपालि खसीको व्यापार राम्रो भएको छैन । सोह्र श्राद्ध भएकाले पनि व्यापार कम भएको होला । केही दिनपछि व्यापार हुने आश गरेका छौं ।

उनका अनुसार अघिल्ला वर्षहरुमा यो समयमा खसी किन्नेको भीड लाग्ने गरेको थियो ।

काठमाडौंमा भरत, पश्चिमी जिल्ला र सुदूरपश्चिमबाट धेरै खसी आउने गरेको व्यवसायीले बताएका छन् । काठमाडौंका व्यवसायीले पाँच सय ८० देखि छ सय ४० रुपैयाँमा प्रतिककिलो गरी किलोमा २० देखि ३० रुपैयाँ नाफा राखेर बेच्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर