आईएमई पे र नियोटेरिक नेपालबीच दसैँ क्याम्पियनसम्बन्धी सम्झौता – Nepal Press

आईएमई पे र नियोटेरिक नेपालबीच दसैँ क्याम्पियनसम्बन्धी सम्झौता

काठमाडौं । आईएमई पे र नियोटेरिक नेपालबीच दसैँ क्याम्पियनसम्बन्धी सम्झौता भएको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै दसैँ र तिहारलाई लक्षित गरी कात्तिक ११ सम्म लागू हुने गरी सोमबारदेखि दसैँ क्याम्पियन जारी छ । क्याम्पियनअन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आईएमई पेमार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको व्यवस्था गरिएको बताइएको छ ।

सम्झौताअनुसार आईएमई डिजिटलले ‘आईएमई पे ’ ब्राण्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउने र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत भुक्तानीसम्बन्धी कार्य गर्न सक्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर