खोरमा पसेको चितुवाले २२ खसीबाख्रा मार्‍यो – Nepal Press

खोरमा पसेको चितुवाले २२ खसीबाख्रा मार्‍यो

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका- ५ सन्तोषी टोलको व्यवसायिक फर्ममा पसेर चितुवाले २२ वटा खसीबाख्रा मारेको छ ।

आइतबार राति चन्द्रकान्त पौडेलले सञ्चालन गरेको वृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसेर २२ खसीबाख्रा मारेको हो । फर्ममा २२ खसी तथा बाख्रा रहेको थियो ।

विस्तुत विवरण बुझने काम भइरहेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए । उनले भने,‘ हामीलाई हिजोराति बाख्रा फर्ममा चितुवा पसेर सबै खसी बाख्रा मारेको खबर आएको थियो ।हामी घटनास्थलमा थप बुझदैछौ ।’

पौडेलले दसैँको लागि भनेर खसी पालेर राखेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर