साफअघि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने – Nepal Press

साफअघि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा लोकप्रिय प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

साफको तयारीका लागि कतारमा अभ्यास गरिरहेको नेपालले असोज १० गते आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ । स्थानीय समयअनुसार साँझ ७ बजे नेपाल र ओमानबीचको खेल कतार युनिभर्सिटीको फुटबल मैदानमा हुनेछ ।

असोज १५ गतेदेखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजकको सामना गर्नेछ । अहिलेसम्म प्रतियोगिताको फाइनल यात्रा तय गर्न नसेको नेपालको प्रमुख लक्ष्य फाइनल पुग्ने रहेको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेतृत्व सम्हालेयता बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *