नेपाल बैंकको रिकरिङ खाता सञ्चालनमा, मुद्दती बराबर ब्याज दिने – Nepal Press

नेपाल बैंकको रिकरिङ खाता सञ्चालनमा, मुद्दती बराबर ब्याज दिने

काठमाडौं । नेपाल बैंकले रिकरिङ डिपोजिट नामक नयाँ खाता सञ्चालनमा ल्याएको छ । यसमा मुद्दती खाता बराबर ८.०५ प्रतिशत ब्याजदर दिने बैंकले जानएको छ ।

यस खातामा निक्षेप जम्मा गर्दा समान मासिक किस्ता, बचत अविधि कम्तीमा ६ महिना र बढीमा १० वर्षको राखिएको छ । साथै चाहिएको बेला कर्जा सुविधा पनि दिइनेछ ।

अग्रिम भुक्तानी ‘प्रिमच्युअर’ सुविधा राखिएको बैंकले जनाएको छ । नेपाल बैंकले हाल बचतमा ४.५५ र मुद्दतीमा ८.०५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

८४ औं वार्षिकउत्सवको अवसर पारेर २०७८ कात्तिक मसान्तसम्मका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा कार्ड, डिम्याट, मेरो सेयर र सिआस्वालगायतका डिजिटल प्रोडक्टहरू नि: शुल्करूपमा दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर