कांग्रेस संस्थापनइतरको बैठक जारी, महाधिवशनबारे साझा धारणा बनाइने – Nepal Press

कांग्रेस संस्थापनइतरको बैठक जारी, महाधिवशनबारे साझा धारणा बनाइने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक शुरू भएको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकले कांग्रेसको जारी अधिवेशन प्रक्रियाबारे साझा धारणा तयार पार्ने बताइएको छ ।

डडेल्धुरामा बलपूर्वक वडा अधिवेशन गरिएको, २० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक नगरिएको लगायतका विषय बैठकका मूल एजेण्डा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले डाकेको बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह , कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर