प्रशिक्षक अल्मुताइरी भन्छन् : नतिजा बिर्सिनुस्, तपाईंलाई खेल मन परेन ? (भिडियो) – Nepal Press

प्रशिक्षक अल्मुताइरी भन्छन् : नतिजा बिर्सिनुस्, तपाईंलाई खेल मन परेन ? (भिडियो)

काठमाडौं । नेपालले भारतसित दोस्रो मैत्रिपूर्ण म्याचमा २-१ को पराजय स्वीकार्न वाध्य भए पनि नेपाली टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सन्तुष्ट देखिएका छन् । उनले पहिलोभन्दा दोस्रो म्याचमा नेपालले सुधार गरेको बताए ।

खेलपछि पत्रकारहरुसँग कुरा गर्दै अल्मुताइरीले नेपालले राम्रो खेलेको तर मौकाको सदुपयोग गर्न नसकेको प्रतिक्रिया दिए । आफू टोलीसँग खुशी र गौरवान्वित बनेको समेत उनको भनाइ थियो ।

अल्मुताइरीले भने, ‘मैले खेलाडीलाई हारसँग नडराउ भनेर मैदानमा पठाएको थिएँ । भारतले पहिलो हाफमा पाँच फरवार्ड खेलाएको थियो । र, खेलको सुरुवातदेखि हामीमाथि आक्रमण गर्ने योजनामा थियो । हामी चाहिँ दोस्रो हाफको प्रतिक्षामा थियौं ।’

दोस्रो गोल खाएपछि नेपाल खेलमा फर्किएको उनले बताए ।

‘मसँग २५ गोर्खाली छन् , इन्साअल्लाह हामी साफमा ब्रेक गर्न सक्छौं । फिनिसिङमा समस्या छ । तर हामी सुधार्ने प्रयास गर्नेछौं । नतिजा बिर्सिनुस्, तपाईंलाई खेल मन परेन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर