प्रधानमन्त्री कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपालको स्वास्थ्य मन्त्रालयमा सरुवा – Nepal Press

प्रधानमन्त्री कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपालको स्वास्थ्य मन्त्रालयमा सरुवा

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका सचिव खगेन्द्रप्रसाद नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ । भदौ १० गते अर्थात गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्य मन्त्रालयको प्रशासन सचिवमा सरुवा गर्ने निर्णय गरेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रशासन सचिवमा नेपालको सरुवा भए पनि उनी प्रधानमन्त्री कार्यालयमा नै हाजिर भइरहेका छन् । कार्यालय स्रोतका अनुसार हाजिर प्रधानमन्त्री कार्यालयमा भए पनि यहि बसेर स्वास्थ्य मन्त्रालयको सचिवको भूमिका नेपालले निर्वाह गरिरहेका छन् ।

डेढ महिना अघि अर्थात असार २८ गते तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाललाई सहसचिवबाट सचिवमा बढुवा गरेर प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहतर्फ पदस्थापन गर्ने निर्णय गरेको थियो । त्यसको करिव १ महिना पछि साउन २५ गते बसेको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपाललाई प्रधानमन्त्री कार्यालयमा कुनै जिम्मेवारी नतोकेर पदस्थापन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *