काबुल विस्फोटपछि अमेरिकी राजदूत बेरीले सम्झिए नेपालीलाई उद्दार गर्दाको क्षण – Nepal Press

काबुल विस्फोटपछि अमेरिकी राजदूत बेरीले सम्झिए नेपालीलाई उद्दार गर्दाको क्षण

हामी नेपालीको उद्दारमा प्रतिबद्ध छौं : अमेरिका

काठमाडौं । काबुल विस्फोटमा १३ अमेरिकी सैनिकको ज्यान जाने गरि भएको घटनाप्रति काठमाडौंस्थित अमेरिकी दूतावासले दुःख व्यक्त गरेको छ । राजदूत र्‍यान्डी बेरीले यो घडीमा काठमाडौं एम्बेसी अफगान नागरिकसँगै उभिएको बताएका छन् ।

केही सातादेखि ८०० नेपालीलाई काबुलबाट उद्दार गर्न भूमिका खेल्ने अमेरिकी सैनिकको योगदानप्रति राजदूत बेरीले स्मरण गरेका छन । ‘उनीहरुले ८०० नेपालीलाई उद्दार गर्न भूमिका खेलेका थिए । साहस, सीप र मानवतासँगै उनीहरुले अभूतपूर्व क्षणबीच पनि काम गरेका छन्’ बेरीले विज्ञप्तिमा भनेका छन् ।

‘ती नायकहरुले जीवन उत्सर्ग गर्दा म निकै दुःखित छु । पीडित र उनीहरुको परिवारप्रति समवेदना व्यक्त गर्छु’ विज्ञप्तिमा उल्लेख छ । आफूहरुसँग २० वर्ष सँगै मिलेर काम गर्ने आफ्ना नागरिक र साझेदारको उद्दारमा अमेरिका लागिपर्ने समेत उनले जनाएका छन् ।

मानवता, स्नेह र मायाले नै विश्वलाई एक तुल्याउने भन्दै राजदूत बेरीले मानवतामा विश्वास गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर