आज चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो, थप ८ लाख डोज भोलि ल्याइँदै – Nepal Press

आज चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो, थप ८ लाख डोज भोलि ल्याइँदै

काठमाडौं । चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज बिहान काठमाडौं आइपुगेको छ । भोलि थप ८ लाख डोज ल्याउने तयारी छ ।

खरिद गरिएको ६० लाख डोजमध्ये ८ लाख गएराति १२ बजे काठमाडौं आइपुगेको हो । ल्याइएको सो मात्राको खोपलाई विमानस्थल र टेकुको भण्डारण कक्षमा राखिएको छ ।

बाँकी ४४ लाख डोज अगस्टको अन्तिम साता आउने कार्यक्रम छ । जापानले कोभ्याक्समार्फत उपलब्ध गराएको १६ लाख डोजमध्ये बाँकी ७ लाख डोज भदौ ५ र ७ गते आउने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *