जसपा बैठक आज सकिँदै, सरकारमा सहभागिताबारे निर्णय हुने (तस्बिरहरू) – Nepal Press

जसपा बैठक आज सकिँदै, सरकारमा सहभागिताबारे निर्णय हुने (तस्बिरहरू)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक शुरू भएको छ ।

काठमाडौं कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि जारी बैठक आज सकिँदैछ ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि उपेन्द्र यादव पक्षले पहिलोपटक जसपा केन्द्रीय समिति बैठक राखेको हो ।

आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरणसम्बन्धी कार्ययोजना र सरकारमा सम्मानजनक सहभागिताबारे निर्णय हुने यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर