राजीनामापछि शंकर पोखरेलले भने- नयाँ सरकारलाई सहयोग गर्छु – Nepal Press

राजीनामापछि शंकर पोखरेलले भने- नयाँ सरकारलाई सहयोग गर्छु

रुपन्देही । लुम्बिनी प्रदेशका  निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नयाँ सरकारलाई सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री कार्यालयमा कर्मचारीसँगको भेटमा उनले आगामी नेतृत्वलाई सहयोग गर्न आग्रह पनि गरे ।

मुख्यमन्त्रीका रुपमा अन्तिम पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रदेश सरकारले हालसम्म गरेका प्रगतिहरुका बारेमा जानकारी दिएका थिए । साढे तीन वर्षको आफ्नो कार्यकालमा सरकारले सडक पूर्वाधार, खानेपानी, शैक्षिक क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको दावी गरेका छन् ।

प्रदेशले स्थायी राजधानी तोकेर भौतिक पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माण भइरहेको बताउँदै पोखरेलले यसलाई सरकारको ठूलो सफलताका रुपमा चित्रित गरेका थिए ।

उनले प्रदेशको पूँजीगत खर्च गर्न सक्ने सामथ्र्य बढेर गएको बताए । आगामी नेतृत्वले पछ्याउन मिल्नेगरी सरकारले खाका तयार पारेको उनले बताए । पोखरेलले भने, ‘अहिले भएका कामलााई निरन्तरता दिएमा प्रदेश अगाडि बढ्ने छ ।’ पोखरेल नेतृत्वको सरकार ३ वर्ष ५ महिना २४ दिन चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर