अन्तरजातीय विवाहपछि श्रीमानले नै आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीमा उजुरी – Nepal Press

अन्तरजातीय विवाहपछि श्रीमानले नै आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीमा उजुरी

रूपन्देही । अन्तरजातीय विवाह गरेकै कारण श्रीमानको यातनापछि श्रीमतीलाई आत्महत्या गर्न बाध्य भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेको छ । बुटवल ६ पुरानो बसपार्कमा कोठाभाडामा बस्दै आएकी अर्घाखाँची शितगंगाकी २ की २१ वर्षीया सृजना सुनारलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै प्रहरीमा उजुरी परेको हो । सुनारका माइती पक्षले प्रहरीमा उजुरी दिएका हुन् ।

बिहीबार बुटवल ६ पुरानो बसपार्क सौभाग्यनगरस्थित कोठामा चुन्नीको पासो लगाएर झुण्डिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बुुटवलले जनाएको छ । कुटपिट गर्ने, मानसिक र शारीरिक रुपमा यातना दिने गरेको सुुसाईड नोटमा लेखिएको इलाका प्रहरी कार्यालय बुुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

सुसाईड नाेटमा श्रीमान् शितगंगा २ जिमाने टोलका २३ वर्षीय सुमन क्षेत्रीले चरम यातना दिएइकै कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख छ ।

प्रेम सम्बन्ध कायम भएकै बेला गत वर्ष सृजना गर्भवती भएकी थिइन् । विवाह नहुँदै गर्भ बसेपछि सुमनलाई विवाहका लागि अनुरोध गरेपनि नमानेको र पछि प्रहरीमा उजुरी परेपछि मात्रै विवाह भएको थियो ।

शुक्रबार उजुरी दर्ता गरेपछि शव पोष्टमार्टम पछि राति मात्रै अत्येष्टि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *