शंकर पोखरेल भन्छन्– पार्टीमा बेइमानी गर्नेलाई बेलैमा कारवाही नगर्दा समस्या भयो – Nepal Press

शंकर पोखरेल भन्छन्– पार्टीमा बेइमानी गर्नेलाई बेलैमा कारवाही नगर्दा समस्या भयो

एमालेको अन्तरविरोधमा खेलेर प्रचण्डले पार्टी फुटाउन लागेको आरोप

रुपन्देही । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्र रहेर अराजक गतिविधि गर्नेलाई समयमै कारबाही गर्न नसक्दा पार्टीमा अहिलेको समस्या आएको बताएका छन् । ‘पार्टीमा रहेर अलग गुट चलाउने, आफ्नै सरकार र पार्टी अध्यक्षलाई असहयोग गर्ने, विपक्षीलाई साथ दिनेलाई समयमै कारबाही गर्न नसक्दा अहिलेको अवस्था आयो’, पोखरेलले भने ।

जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलले तयार गरेको वृत्तचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले पार्टीमा जीवराजजस्तै कुशल संगठकको खाँचो देखिएको अहिलेको घटनाले प्रष्ट पारेको बताए । उनले अनुशासनमा नबस्ने नेतालाई कार्यकर्ताले दण्डित गनुपर्ने बताउँदै अहिलेजस्तो पार्टीभित्र अनुशासनहीन नेता भए आश्रितले नछाड्ने भन्दै पार्टीमा आश्रितको अभाव भएको बताए ।

‘पार्टीलाई कमजोर बनाउनेहरुलाई एकछिन त आत्मरति मिल्ला तर पछि पक्कै महसुस हुनेछ’, माधव नेपाल समूहप्रति संकेत गर्दै उनले भने । मुख्यमन्त्री पोखरेलले पुष्पकमल दाहाल प्रचण्डकै कारण देशमा राजनीतिक संकट पैदा भएको बताए ।

प्रचण्डमा भएको अस्थिरता, अवसरबाद र महत्वकांक्षाकै कारण देशमा राजनीतिक संकट पैदा भएको उनले बताए । उनले एमालेभित्रको अन्तरविरोधमा खेलेर पार्टी टुक्राउने काम गरेको पोखरेलेको भनाइ छ ।

‘प्रचण्डको अवरवादी चरित्र, महत्वाकांक्षाका कारण वामपन्थी आन्दोलन नै कमजोर भएको हो’, पोखरेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर