विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौंमा दुईवटा खोप केन्द्र तोकियो – Nepal Press

विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौंमा दुईवटा खोप केन्द्र तोकियो

काठमाडौं । विदेश जाने श्रमिक र विद्यार्थीको लागि काठमाडौं उपत्यकास्थित दुईवटा केन्द्रबाट कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्ने भएको छ । नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जनाएका छन् ।

उनले विदेश जाने श्रमिक र विद्यार्थीले खोप केन्द्रमा गएर भेरोसेलको खोप लगाउन पाउने जानकारी दिए । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने मन्त्रालयको जनाएको छ । स्थायी खोप केन्द्रको रुपमा रहेको काठमाडौंको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरमा गएर सरकारले तोकेअनुसार लक्षित समूहले खोप लगाउन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर