शान्ति सेनामा नेपाली महिला सैनिकको संख्या २९४ पुग्यो – Nepal Press

शान्ति सेनामा नेपाली महिला सैनिकको संख्या २९४ पुग्यो

काठमाडौं । राष्ट्रसंघको आह्वानमा नेपालले शान्ति सेनामा पठाएका सेनामा महिला सिपाहीको संख्या २९४ पुगेको छ ।

कूल ५५७१ जना सैनिकमध्ये महीलाको संख्या उल्लेखनीयरुपमा वृद्धि भएको नेपालस्थित राष्ट्रसंघीय नियोगले जनाएको छ ।

नियोगले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल शान्ति सेनामा सैनिक योगदान गर्ने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको जनाएको छ । १२१ देशमध्ये नेपाल दोसो स्थानमा अटाएको हो ।

नेपालभन्दा अगाडि रहेको बंगलादेशको शान्ति सेना संख्या ६ हजार ५५४ छ । नेपाली सेनाका अहिले विश्वका विभिन्न १२ स्थानमा शान्ति सेना खटिएका छन् ।

नेपालले शान्ति सेनामा सहभागिता जनाएको ६३ वर्ष भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर