तस्बिर र भिडियोमा एमालेको दशौं केन्द्रीय कमिटी बैठक – Nepal Press
तस्बिर र भिडियोमा एमालेको दशौं केन्द्रीय कमिटी बैठक
नेपाल प्रेस २०७८ साउन ४ गते १२:०१
२०७८ साउन ४ गते १२:०१

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । एमाले एकताका लागि बनेको कार्यदलले जुटाएको १० बुँदे सहमतिको आधारमा एमालेले २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी छैन ।

नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो ।

यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।

दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया शुरू भएको एमालेले जनाएको छ ।







तस्बिरहरू : सरोज बैजु