पर्सामा एक वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ – Nepal Press

पर्सामा एक वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ

जनकपुरधाम । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका- १ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ परेका छन् । प्रहरीले ७९ ग्राम खैरो हेरोइनसहित पकहाँ मैनपुर गाउँपालिका- १ का वडाध्यक्ष अमिरिका सहनी पक्राउ  गरेकाे हाे।

वडाध्यक्ष सहनी चढेको ना. १ ब। ३५९५ नम्बरको सरकारी मोटरसाइकल वीरगञ्ज महानगरपालिका- १९ मा आइतबार राति चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश सहनी र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका वडाध्यक्षसहित तीनैजनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । वडाध्यक्षसँग पक्राउ परेका सहनीद्वयको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *