प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ जारी, देउवा पक्षको बहस आज सकिँदै – Nepal Press

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ जारी, देउवा पक्षको बहस आज सकिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनसम्बन्धी मुद्दाबारे आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

असार ९ गतेदेखि सुरु भएको निरन्तर सुनुवाइमा आज रिट निवेदक तर्फका कानून व्यवसायीहरूले बहस गर्नेछन् । रिट निवेदक पक्षलाई इजलासले सुरुआती बहसको लागि १२ घण्टाको समय उपलब्ध गराएको थियो । त्यसमध्ये अब साढे २ घण्टाको समय बाँकी रहेको छ ।

पक्षको बहस सकिएपछि आजै मुद्दाको विपक्षी अर्थात सरकार पक्षको बहस सुरु हुने सम्भावना छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले प्रतिनिधिसभा पुनःस्थापना र संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न मागदावी गर्दै रिट दायर गरेका थिए ।

संवैधानिक इजलासले यससम्बन्धमा परेका अन्य मुद्दाहरुलाई थाँती राख्दै यसलाई अग्राधिकार प्रदान गरेको छ ।

इजलासले सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिएको छ भने निवेदक पक्षलाई जवाफी बहसका लागि ३ घण्टाको समय दिइएको छ ।

सो मुद्दामा नेपाल बार एशोसिएसन र सर्वोच्च बारका २-२ जना एमिकस क्यूरीले राय समेत दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर