पत्रकार सम्मेलनमा प्रायोजक ड्रिङ्क्सका बोतल नहटाउन युइएफएको निर्देशन – Nepal Press

पत्रकार सम्मेलनमा प्रायोजक ड्रिङ्क्सका बोतल नहटाउन युइएफएको निर्देशन

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कोका–कोलाको बोटल हटाएसँगै सुरु भएको स्पोनसरको बोतल हटाउने लहर चलेपछि युइएफले युरो २०२० मा सहभागी टोलीहरूलाई त्यस्तो नगर्न आग्रह गरेको छ ।

युरो २०२० कै पत्रकार सम्मेलनका दौरान आफ्नो कुर्सी नजिक भएका स्पोनसर ड्रिङ्क्सका बोतल रोनाल्डो, पौल पोग्बा र म्यानुएल लोकाटेलीले हटाएका थिए ।

युरो २०२० का प्रतियोगिता निर्देशक मार्टिन कालेनले भने- हामीले यसबारे टोलीहरूसँग कुरा गरिसक्यौं ।

‘यो आवश्यक थियो, किनभने प्रतियोगिताका लागि प्रायोजकबाट आउने आम्दानी महत्त्वपूर्ण छ,’ कालेनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर