पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, नवलपरासीका २० गाउँ उच्च जोखिममा – Nepal Press

पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, नवलपरासीका २० गाउँ उच्च जोखिममा

रुपन्देही । गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले जानकारी दिए ।

ब्यारेज जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिने उनले बताए । पानीको सतह अझै बढे बि ग्याब बाँध फुट्न सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उनले बताए ।

पानीको सतह बढेपछि अहिले पश्चिम नवलपरासीका २० गाउँ जोखिममा परेका छन् । यसैबीच गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

जोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर