कर्णाली सरकारले सहिद परिवार र घाइतेलाई मासिक दुई हजार भत्ता दिने – Nepal Press

कर्णाली सरकारले सहिद परिवार र घाइतेलाई मासिक दुई हजार भत्ता दिने

अनुत्पादक क्षेत्रमा बजेट बाँड्न खोजिएको भन्दै आलोचना

सुर्खेत । कर्णाली प्रदेश सरकारले सदनमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा सहिद परिवार र माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा आपांगता भएकाहरुलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने उल्लेख छ ।

सरकारको उक्त कार्यक्रम अनुत्पादक र कार्यकर्ता रिझाउन ल्याइएको भन्दै कतिपयले आलोचना गरेका छन् । कर्णाली प्रदेशमा सहिद परिवार र घाइते तथा अपांगता भएकालाई मासिक दुई हजार भत्ता दिँदा करिब १३ करोड रुपैयाँ खर्च हुनेछ ।

नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी जितेन्द्रका अनुसार प्रदेशमा दुई हजारभन्दा बढी सहिद परिवार र २५ सयभन्दा बढी घाइते तथा आपांगता भएकाहरु छन् ।

सरकारको कार्यक्रमबाट सहिद परिवार, घाइते र आपांगता भएकाहरु खुसी छन् । तर यसले प्रदेशमा व्ययभार थपिने भन्दै कतिपय सांसदले चिन्ता व्यक्त गरेका छन् ।

सांसद सुशील थापा प्रदेश सरकारले आफ्नो आयस्रोत हेरेर मात्रै यस्ता कुरामा लगानी गर्नुपर्नेमा जोड दिन्छन् । ‘मासिक दुई हजार दिने कुराले केही मात्रामा युवालाई खुसी पार्न त सरकारले सक्ला तर यो दीर्घकालीन हुन सक्दैन ।

यसरी बाँडिएको रकमले उनीहरुको क्षमतामा कुनै पनि परिवर्तन आउँदैन’, उनी भन्छन्, ‘उनी भन्छन्, ‘यो वितरणमुखी कार्यक्रम हो । यो कार्यक्रमले माछा मारेर दिने तर माछा मार्न नसिकाउने प्रवृत्ति हावी गराउँछ र प्रदेशको ठूलो रकम खेर जाने सम्भावना हुन्छ ।’ उनले १५ करोड आन्तरिक आम्दानी भएको प्रदेशले यस्ता कार्यक्रम धान्न नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *