निषेधाज्ञामा वैदेशिक अध्ययन र ईडीभी अन्तर्वार्ता संचालन गर्न पाइने – Nepal Press

निषेधाज्ञामा वैदेशिक अध्ययन र ईडीभी अन्तर्वार्ता संचालन गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले वैदेशिक अध्ययन तथा ईडीभी विजेताका लागि कूटनीतिक नियोग तथा अन्य निकायले गर्ने परीक्षा संचालन गर्न सहजीकरण गर्ने निर्णय गरेका छन् ।

उपत्यकामा एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गर्दै सीडीओहरुले विदेश जानको लागि परीक्षा र अन्तर्वार्ता संचालन गर्न सहजीकरण गर्ने निधो गरेका हुन् ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै कूटनीतिक नियोगले आवश्यक परीक्षा तथा अन्तर्वार्ता लिन पाउने निर्णय समेत प्रशासनले गरेका छन् ।

प्रशासनको यस्तो निर्णयपछि निषेधाज्ञाको कारण भिसा प्रक्रिया प्रभावित बनिरहेकाहरुका लागि सजिलो भएको छ । निषेधाज्ञालाई कारण देखाउँदै काठमाडौंस्थित विदेशी मिसनहरुले भिसा सेवा स्थगित गरेका छन् ।

गतसाता उक्त निर्णय कार्यान्वयन र सहजीकरण गर्नको लागि जिल्ला प्रशासनले गृह र परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर