उच्च मनोबलका साथ काम गर्न महिला तथा बालबालिका विभागलाई महिला मन्त्रीको निर्देशन – Nepal Press

उच्च मनोबलका साथ काम गर्न महिला तथा बालबालिका विभागलाई महिला मन्त्रीको निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरीले महिला तथा बालबालिका विभागबाट प्रदान गरिदै आएका सेवामा कुनै पनि ढिला सुस्ती नगरी कार्य संपादन गर्न निर्देशन दिएकी छन् । मन्त्रीको जिम्मेवारी सम्हालेपछि मंगलबार पहिलो पटक विभागमा पुग्नुभएकी चौधरीले विभाग अन्तर्गत बेरुजुको बिकराल समस्या देखिएको हुँदा यसलाइ जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने बिश्वास पनि व्यक्त गरेकी छन् ।

आफू महिला, बालबालिकाको समस्या समाधान गर्न केन्द्रबाट पर्याप्त रुपमा नसक्ने भन्दै भन्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनु पर्नेमा उनको जोड थियो । घरेलु र यौन हिंसाबाट महिला निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिती अझै पनि पुर्ण रुपमा बनी नसकेको दुखद अवस्थाको अनुभव आफुले गरेको भन्दै त्यसका लागि विभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाको लागि परिणाम आउने गरि काम गर्नु पर्नेमा मन्त्री चौधरीले बताइन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले मन्त्रालय अन्तर्गत रहेको महिला बालबालिका बिभागको बारेमा जानकारी लिएकी छन् । बुधबार पुल्चोकस्थित बिभागको कार्यालयमा बिभागका निर्देशक दुर्गादेवी देबकोटाले एक कार्यक्रमको बीच बिभागको गत्तिबिधी बारेमा जानकारी गराएकी हुन् । निर्देशक पौडेलले बिभागको औचित्य, चुनौती, अवसर र बिगतदेखि गर्दै आएका गतिविधिका बारेमा विस्तृत रुपमा जानकारी गराएकी छन् ।

त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा पनि जानकारी गराएका छन् । परिषदको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नै पदेन अध्यक्ष रहने भएकाले मन्त्री चौधरीले परिषदको अध्यक्षमा जिम्मेवारी सम्हाल्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज तला केन्द्र १०४ बिस्तार गर्ने निर्णय पनि सदर गरेकी छन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेनुका गुरुङ, मन्त्रालयका सचिव याम कुमारी खतिवडा, बिभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *