एमाले वार्ता टोली निष्क्रिय, बेग्लै संयन्त्रबाट एकताको प्रयास भइरहेको प्रवक्ता ज्ञवालीको भनाइ – Nepal Press

एमाले वार्ता टोली निष्क्रिय, बेग्लै संयन्त्रबाट एकताको प्रयास भइरहेको प्रवक्ता ज्ञवालीको भनाइ

काठमाडौं । नेकपा एमालेले पार्टी एकताको पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने भएको छ ।

स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले एकताको लागि अन्य संयन्त्रबाट पहल भइरहेको बताए ।
अहिले वार्ता टोली क्रियाशील नरहेको उनले बताए ।

वार्ता टोलीमा रहेका कतिपय नेता कारवाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको ज्ञवालीले बताए ।

वार्ता टोलीमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल साधारण सदस्यबाटै निष्कासित भइसकेका छन् । यसबीचमा दुवै पक्षबीच भएका वार्तामा भीम रावल बाहेकका नेताहरु बस्ने गरेका छन् ।

प्रवक्ता ज्ञवालीले एमालेका उम्मेदवारलाई हराउन भूमिका खेलेर गर्व गर्ने प्रवृति माधव नेपाल पक्षमा देखिए पनि आफूहरु पार्टी विभाजन हुन नदिन हदैसम्मको लचिलो बनेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर