राष्ट्र बैंकले लगायो बैंक तथा वित्तीय संस्थालाई ‘सर्ट टर्म’ कारोबारमा रोक – Nepal Press

राष्ट्र बैंकले लगायो बैंक तथा वित्तीय संस्थालाई ‘सर्ट टर्म’ कारोबारमा रोक

 काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न कडाइ गरको छ । मंगलबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा लगानी गर्न कडाइ गरेको हो ।
 परिपत्र जारी भएसँगै बैंक तथा वित्तीय संस्थाले दास्रो बजारमा सूचिकृत कम्पनीको शेयर खरिद गरेपछि कम्तिमा पनि एक वर्षभन्दा पहिला विक्री गर्न पाउने छैनन् ।
यसभन्दा अघि राष्ट्र बैंकले कुनै पनि समय तोकेको थिएन । यसको मतलव अब बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रवन्धपत्रबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।
यसाका साथै शेयर खरिद भएको एक वर्ष पुरा भएका लगानीमध्येबाट आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकममात्र लगानी बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका अनुसार २०७८ जेठ १० सम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने यो व्यवास्था लागू हुने छैन । विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन ।
यसअघि ९मिति २०७८।०२।१० सम्म० त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्रीरविनिवेश गरिसक्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किन्न नपाउने भएका छन। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर