५६० थान अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको विमान ओमान उड्यो – Nepal Press

५६० थान अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको विमान ओमान उड्यो

काठमाडौं । जरुरी अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज बिहान ओमानतर्फ प्रस्थान गरेको छ ।

५६० थान अक्सिजन सिलिन्डर ल्याएर उक्त जहाज शनिबार साँझ साढे ६ बजे काठमाडौं आइपुग्नेछ ।

ती सिलिन्डरलाई गैरआवसिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको थियो । ती सिलिन्डरलाई अहिले मस्कट विमानस्थल राखिएको छ ।

मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको थियो । सिलिन्डर ल्याउन गरिएको चार्टर बिमानको खर्च भने सरकारले व्योहोर्ने भएको छ ।

नेपाल एयरलाइन्सको विमान पहिलोपटक ओमान गएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर