प्रहरीद्वारा अस्पताललाई २६ वटा सिलिण्डर हस्तान्तरण – Nepal Press

प्रहरीद्वारा अस्पताललाई २६ वटा सिलिण्डर हस्तान्तरण

रुपन्देही । अक्सिजन अभावमा बिरामीहरुको उपचारमा समस्या भइरहेका बेला कपिलवस्तु प्रहरीले कपिलवस्तुका २ अस्पताललाई २६ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

प्रहरी उपरीक्षक नवराज अधिकारीले कपिलवस्तु र बहादुरगंज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन् ।

उनले कपिलवस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंहलाई १६ र कृष्णनगर नगरपालिका मेयर रजनप्रताप शाहलाई १० सिलिण्डर प्रदान गरेका थिए ।

विभिन्न उद्योग कर कारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।
अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भईरहेका बेला आफुहरुले सो कार्य गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर