कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक – Nepal Press

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

काठमाडौं । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान गरेपछि राजनीतिक घटनाक्रम तीव्र रुपमा विकास भएका छन् । एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला नेपाली कांग्रेस आन्तरिक रणनीतिमा जुटेका छ ।

कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । विपक्षी अन्य पार्टी र एमालेको माधव नेपाल पक्षलाई समेत समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने प्रयासमा कांग्रेस छ । यसकै लागि दलको बैठक बोलाइएको हो ।

यता प्रधानमन्त्री ओलीले आज साँझ मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । सामान्यतया: सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । शनिबार बोलाइएको बैठक एक प्रकारले आकस्मिक जस्तै रहेको एक मन्त्रीले बताए ।

ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने नजाने बताइएको छ ।

तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर