विशिष्टिकृत लगानी कोष सन्चालनका लागि ५ संस्थालाई पूर्वाधार निर्माण अनुमति – Nepal Press

विशिष्टिकृत लगानी कोष सन्चालनका लागि ५ संस्थालाई पूर्वाधार निर्माण अनुमति

काठमाडौं । धितोपत्र बजारको विकास र विस्तारका लागि नेपालमा पहिलो पटक ५ संस्थाहरुले विशिष्टिकृत लगानी कोषको स्थपना तथा सन्चालन अनुमति पाएका छन्

धितोपत्र बोर्डले आइतबार विज्ञप्तिमार्फत पाँच वटा संगठित संस्थालाई कोषको स्थपना र सन्चालन तथा व्यवस्थापनका लागि आवश्यक पूर्वाधार तयार गर्नका अनुमति दिएको जानकारी दिएको हो ।

कोष सन्चालनका लागि ग्लोवल इक्विटी फण्ड, लक्ष्मी क्यापिटल मार्केट, एनआईबीएल एस क्यापिटल, एनआईसी एशिया क्यापिटल, एनएमबी क्यापिटलले अनुमति पाएका छन् ।

नेपालको पूँजी बजारमा हाल शेयर, डिवेन्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध छन् । यो कोष सन्चालनमा आएसँगै पूँजी बजारमा नयाँ उपकरण भित्रिने, वैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचालन हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, आय राजश्वमा वृद्धि हुने र धितोपत्र बजारमार्फत अर्थतन्त्रमा थप टेवा पुगे बोर्डले विश्वास लिएको छ ।

कोषको सन्चालनसँगै स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गरी लागनीको नयाँ अवसरहरु प्रदान गर्न सकिने धितोपत्र बोर्डको भनाइ छ । साथै पूँजी बजारको दायरा पनि फराकिलो हुने, नयाँ र आधुनिक वित्तीय उपकरणको प्रयोग हुने धितोपत्र बोर्डको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर