कारागारको शौचालयमा झुण्डिएर आत्महत्या – Nepal Press

कारागारको शौचालयमा झुण्डिएर आत्महत्या

रुपन्देही । पाल्पाको कारागार रहेका स्याङ्जाका एक पुरुष कैदीबन्दीले शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् । कारागार प्रशासनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भिरकोट नगरपालिका ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङ हुन् ।

कैदीबन्दी गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले जानकारी दिइन् ।

२०७६ साल जेठमा स्याङ्जा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा सरुवा भएका थिए ।

गुरुङको शव पोष्ट मार्टम गरि परिवारलाई हस्तान्तरण गर्ने पाल्पा कारागारले जनाएको छ । कैदीबन्दी गुरुङ चोरी मुद्दामा पाल्पा कारागारमा सजायँ भोग्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर