कम्मर र जुत्तामा लुकाएको झण्डै चार लाख भारुसहित एकजना पक्राउ – Nepal Press

कम्मर र जुत्तामा लुकाएको झण्डै चार लाख भारुसहित एकजना पक्राउ

दाङ । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैँयासहित एकजनालाई पक्राउ गरेको छ ।

घोराही बजारबाट अवैध तीन लाख ९५ हजार भारतीय रूयैँयासहित भालुबाङका लौकसु गुप्ता पक्राउ परेका हुन् । गुप्ताले कम्मर र जुत्तामा पैसा लुकाएको प्रहरी जनाएको छ ।

दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले बरामद गरिएका नोट १० देखि १ हजारसम्मको रहेको बताए । प्रहरीले बरामद गरिएको नोटबारे अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर