क्रसर व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा न्यौपाने निर्वाचित – Nepal Press

क्रसर व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा न्यौपाने निर्वाचित

रुपन्देही । नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सीताराम न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निवार्चित भएको छ ।

बुटवलमा सम्पन्न अधिवेशनबाट ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश-१ बाट देवराज तामाङ, प्रदेश-२ बाट प्रदीप कुमार खड्का, बागमती प्रदेशबाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चन्द्रमणि अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राज गिरी, सहसचिवमा मीनबहादुर शाही, कोषाध्यक्षमा यम बहादुर मल्ल र सहकोषाध्यक्षमा विप्लव हमाल निर्विरोध निर्वाचित भए ।

शनिबार अबेरसम्म भएको मतदानपश्चात अध्यक्षका उम्मेद्वार किरण थापालाई १२ मतले पराजित गर्दै न्यौपाने विजयी भएका हुन् ।

महासंघको सदस्यमा अमरविक्रम शाहले ६२, बेचन शर्मा ठाकुरले ६८, विकास नारायण श्रेष्ठले ५२, केदार गिरिले ६४, सरोज कुँवरले ६२, शारदाप्रसाद ढकालले ४६, शंकर न्यौपानेले ४८ मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत जगदीश बमले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर