नेपालले भने- केपी ओलीका केन्द्रीय सदस्यलाई बुर्का लगाइदिनुहोला – Nepal Press

नेपालले भने- केपी ओलीका केन्द्रीय सदस्यलाई बुर्का लगाइदिनुहोला

धनगढी । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहले थपेका केन्द्रीय सदस्यको विजोक भएको बताएका छन् । थपिएका केन्द्रीय सदस्यलाई बुर्का लगाइदिन उनले सुझाव दिए ।

धनगढीमा आयोजित आफ्नो समूहको विरोध सभालाई सम्वोधन गर्दै नेपालले भने, ‘निर्वाचन आयोगले निर्णय पठाएपछि ओलीकाे फुर्ति सिद्धियो । गुटमा म्यादी प्रहरी जसरी केन्द्रीय सदस्य भर्ति गरिएको थियो ।

‘केन्द्रीय सदस्यका टिकटहरु बाँड्न थालिएका थिए । अहिले टाँय टाँय फिस भयो । हिस्स बुढी खिस्स दाँत भयाे । बिजोक भयो । अहिले त लाजलाग्दो होला, म केन्द्रीय सदस्य हुँ भन्दा पनि । यदि मास्कले पुगेन भने एउटा बुर्का लगाइदिनुहोला, ती बिचराको विजोक भएको छ ।’

उनले केपी ओलीको समूहमा लागेर गल्ती भएको महसुस गर्नेहरुलाई फेरि स्वागत गर्न तयार रहेको बताए ।
‘भ्रममा परेर जानेहरुलाई फेरि स्वागत गर्न तयार छौं । होइन, यति सती नै जाने हो भने विचरा गए भन्नुपर्ने हुन्छ । केपी ओलीसँगै स्वाहा हुने मन त भने त्यतै बस्नुस । केपी ओली कुसन्तान भए भनेर धेरै चिन्ता नगर्नुस् । सुध्रिन्छन् कि भन्ने भ्रम भए कोशिश गर्नुस् । तर बालुवा पेलेर तेल निस्किंदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर