निर्वाचनसम्बन्धी कुनै पक्रिया अघि नबढाउन आयोगलाई प्रचण्ड–माधवको आग्रह – Nepal Press

निर्वाचनसम्बन्धी कुनै पक्रिया अघि नबढाउन आयोगलाई प्रचण्ड–माधवको आग्रह

काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले निर्वाचन सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल आफैं आयोग पुगेर वैशाखमा हुने निर्वाचनका कामहरु रोक्न आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा विघटन नै असंवैधानिक भएको र अदालतमा मुद्दा विचाराधीन रहेकाले मतदाता नामावली संकलन, मतदानकेन्द्रहरु निर्धारण लगायका कुनै पनि काम अघि नबढाउन आग्रह गरिएको नेता लिलामणी पोखरेलले नेपालप्रेसलाई बताए ।

आयोगले भने संविधान र कानुन बमोजिम काम हुने भन्दै अदालतको अन्यथा आदेश नआएसम्म आयोगको काम नरोकिने जवाफ दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर