प्रचण्डसँग गरेका सम्झौताले एउटा ब्रिफकेस भरियो– ओली – Nepal Press

प्रचण्डसँग गरेका सम्झौताले एउटा ब्रिफकेस भरियो– ओली

डोभ साबुन लगाएर धुँदा पनि प्रचण्डलाई सफा गर्न सकिएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग गरेका सम्झौताले आफ्नो एउटा ब्रिफकेस भरिएको टिप्पणी गरेका छन् । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक दिन एउटा माग लिएर आउने र त्यसमा सम्झौता गर्दै जाँदा सम्झौताहरुले ब्रिफकेस भरिएको बताए ।

ओलीले भने– आज एउटा सम्झौता गरेर पठायो, भोलि फेरि अर्को माग लिएर आउने । प्रधानमन्त्री तपाईं नै हुनुस् जनताले तपाईंलाई नै चाहेका छन् भनेर आउनुभयो । मलाई कार्यकारी अध्यक्ष दिनुस् भनेपछि दिएँ । भोलिपल्ट त मैले गल्ती पनि गरेँ कि कमरेड भन्दै आउनुभयो ।

प्रचण्डलाई धुँदा धुँदा डोभ साबुनका डल्ला र स्याम्पू सकिएको भन्दै ट्यांकीका ट्यांकी पानीले धुँदा पनि प्रचण्डलाई सफा गर्न नसकेको टिप्पणी ओलीले गरे । ओलीले प्रचण्ड र माधव नेपाल मिल्दा बहुमत हुन्छ भन्ने जान्दा जान्दै आफूले पार्टी एकता गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर