पाँच महीनामा २ लाख संक्रमित थपिने, असोजभित्र १ करोड डोज खोप आइपुग्ने – Nepal Press

पाँच महीनामा २ लाख संक्रमित थपिने, असोजभित्र १ करोड डोज खोप आइपुग्ने

चीनबाट थप ६० लाख डोज खरिद तयारी

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी पाँच महीनामा झन्डै दुईलाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले आगामी पाँच महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने जानकारी दिए ।

खोपको सुनिश्चितता हुने भएकाले खोप अभाव नहुने उनको भनाई थियो । असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार डोज खोपको सुनिश्चितता भएको उनको जानकारी छ ।

भदौ पहिलो साता जापानबाट १६ लाख डोज अस्ट्राजेनेका र भदौ चौंथो साता कोभ्याक्स सुविधाबाट थप १ करोड ५ लाख ४८ हजार खोप आउने निश्चित भएको उनको भनाई थियो ।

साउन अन्तिमसम्म अनुदानबाट थप १६ लाख खोप आउने, भदौ दोस्रो सातासम्म भारतबाट १० लाख डोज कोभिसिल्ड आइपुग्ने र चीनबाट भेरोसेल ६० लाख डोज आउने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर