२७ उद्योगलाई तेजाव वा अन्य रासायनिक पदार्थको अनुमति (सूचीसहित) – Nepal Press

२७ उद्योगलाई तेजाव वा अन्य रासायनिक पदार्थको अनुमति (सूचीसहित)

काठमाडौं । सरकारले देशभरका २७ वटा खास प्रकारका उद्योगलाई औद्योगिक प्रयोजनका लागि परिमाण तोकेर तेजाव वा अन्य रासायनिक पदार्थको अनुमति दिएको छ । तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ को दफा ५ ले दिएको अधिकारी प्रयोग गर्दै गृह मन्त्रालयले  अनुमतिपत्र दिने निर्णय गरेको हो ।

जसमा घ्यू सम्बन्धी ६ वटा, चिनी सम्बन्धी ३ वटा, डिष्टलरी, ब्याट्री, स्टिल, तरकारी उत्पादन सम्बन्धी २–२ वटा उद्योगलाई अनुमति दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता समेत रहेको सहसचिव जनकराज दाहालले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार एलमोनियम, कृषि, लाइमेल तथा केमिकल, आयल रिफाइनरी तथा औषधि, स्ट्राइप्स, वनस्पती र वायर सम्बन्धी एउटा–एउटा उद्योगलाई अनुमति दिइएको छ । ३ वटा अन्य उद्योगलाई पनि अनुमति दिने निर्णय भएको दाहालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर