सक्रिय संक्रमित संख्या ७८ हजार, काठमाडौंमा शुक्रबार ३ हजार संक्रमित – Nepal Press

सक्रिय संक्रमित संख्या ७८ हजार, काठमाडौंमा शुक्रबार ३ हजार संक्रमित

काठमाडौं । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमित संख्या शुक्रबारसम्म ७८ हजार ६२९ पुगेको छ ।

काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमित संख्या २५ हजार ९४० पुगेको छ । भक्तपुरमा ३२५२ र ललितपुरमा ५४२९ पुगेको छ ।

२२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० माथि पुगेको छ । सक्रिय संक्रमित २०० पुग्ने जिल्ला संख्या पनि दुईदर्जन पुगेको छ ।

परीक्षण गरिएकोमध्ये संक्रमण दर १४.५ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३,०८९ जना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर