पत्रकार महासंघको मतगणना अपडेट : निर्मला र विपुलबीच प्रतिस्पर्धा – Nepal Press

पत्रकार महासंघको मतगणना अपडेट : निर्मला र विपुलबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । पहिलोपटक प्रत्यक्ष निर्वाचन भएकाले जिल्ला तथा शाखाहरुमै मतगणना भइरहेको छ ।

विभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक परिणाम अनुसार अध्यक्षमा प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेदवार विपुल पोख्रेल र प्रेस चौतारीकी निर्मला शर्माबीच प्रतिस्पर्धा छ ।

नेपाल प्रेसलाई साँझ साढे ८ बजेसम्म प्राप्त केही जिल्लाको मतगणनाको अपडेट अनुसार दुवै प्यानलबीच शुरुवाती प्रतिस्पर्धा छ । ओखलढुंगामा केन्द्रको मतगणना सकिदा निर्मला शर्माले २५ मत पाएकी छन् भने विपुल पोखरेलले १८ मत पाएका छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका माधव नेपालले २५ र पोखरेल प्यपानलका रमेश विष्टले १८ मत पाएका छन् । महिला उपाध्यक्षमा शर्मा प्यानलकी दाना केसीले २३ र पोखरेल प्यानलकी बाला अधिकारीले २४ मत पाएका छन् ।

महासचिवमा शर्मा प्यानलका बालकृष्ण बस्नेतले २८ मत पाएका छन् भने पोखरेल प्यानलका रोशन पुरीले १८ मत पाएका छन् ।

दार्चुलामा मत गणना सकिदा निर्मला शर्माले ६६ मत प्राप्त गरेकी छन् भने विपुल पोखरेलले २४ र गजेन्द्र बुढाथोकीले १ मत पाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा माधव नेपाल ६६ र रमेश विष्टले २४ मत पाएका छन् भने महिला उपाध्यक्षमा दाना केसीले ६७ र बाला अधिकारीले २४ मत पाएकी छन् ।

महासचिवमा बालकृष्ण बस्नेतले ६५ र रोशन पुरीले २५ मत पाएका छन् ।

भोजपुरमा केन्द्रको गणना सकिदा निर्मलाले २० मत प्राप्त गरेकी छन् भने विपुलले १९ मत पाएका छन् । बरिष्ठ उपाध्यक्षमा रमेश विष्टले २२ मत पाउँदा माधव नेपालले १४ मत पाएका छन् ।

महिला उपाध्यक्षमा बाला अधिकारीले २३ र दाना केसीले १४ मत पाएकी छन् । महासचिवमा रोशन पुरीले २२ र बालकृष्ण बस्नेतले १४ मत पाएका छन् ।

सचिव खुल्लातर्फ गोविन्द चौलागाईले २० र रामकृष्ण ज्ञवालीले १४ मत पाएका छन् ।

पाल्पाबाट प्राप्त साँझसम्मको अपडेट अनुसार निर्मला शर्माको ४७ मत छ भने विपुल पोखरेलको ४१ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर