संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा बगाले निर्वाचित – Nepal Press

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा बगाले निर्वाचित

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सन्जीव बगाले निर्वाचित भएका छन् । कृष्णा पौडेललाई पराजित गर्दै बगाले अध्यक्षमा निर्वाचित भएका हुन् । १५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि शनिबार संघीय ससंदको लोत्से भवनमा भएको निर्वाचनमा बगाले ७९ मत ल्याउदैँ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कृष्णा पौडेलले ५५ मत प्राप्त गर्दै पराजित भएकी हुन् ।

खुला उपाध्यक्ष पुरुषतर्फ डीपी उपाध्याय निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा तुलसी सापकोटा निर्विरोध चयन भएकी छन् । महासचिवमा विष्णु खड्का र सचिवमा जयसिंह महरा निर्वाचित भएका हुन् । समावेशी सचिवमा दीपेश श्रेष्ठ र कोषाध्यक्षमा सिर्जना घिमिरे निर्विरोध चयन भए ।

कार्यसमिति सदस्यमा अंगराज न्यौपाने, किरण दाहाल, आकाश क्षेत्री, शम्भु दंगाल, समावेशी सदस्यमा केशव भुल र सविता शर्मा निर्विरोध भए । फोटो पत्रकारतर्फबाट सदस्यमा रोशन सापकोटा र भिडियोतर्फ अमरदीप श्रेष्ठ निर्वाचित भएका छन् ।

एक सय ३६ साधारण सदस्यमध्ये दुइ जना बाहेक एक सय ३४ जनाले मतदान गरेका थिए । कार्यसमितिको पदावधी दुइ वर्षको हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर