मेलम्ची नदीमा आएको भीषण बाढीले बगायो सिन्धुपाल्चोककै जेठो विद्यालय
नेपाल प्रेस
२०८० भदौ ८ गते २०:१४
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले गर्दा जिल्लाकै जेठो विद्यालय बगाएको छ ।
निरन्तर वर्षाका कारण मेलम्ची नदीमा आएको भीषण बाढीले हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगाएको हो ।
बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
निरन्तर वर्षाका कारण को शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् ।
प्रतिक्रिया