मेलम्ची नदीमा आएको भीषण बाढीले बगायो सिन्धुपाल्चोककै जेठो विद्यालय – Nepal Press

मेलम्ची नदीमा आएको भीषण बाढीले बगायो सिन्धुपाल्चोककै जेठो विद्यालय

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले गर्दा जिल्लाकै जेठो विद्यालय बगाएको छ ।

निरन्तर वर्षाका कारण मेलम्ची नदीमा आएको भीषण बाढीले हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगाएको हो ।

बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

निरन्तर वर्षाका कारण को शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *