गगनलाई शिव लम्सालको आग्रह- मन्त्रीहरुलाई सच्याउनुस्, नत्र हामीलाई भेट्न माइतीघर आउनुस् (भिडिओ) – Nepal Press

गगनलाई शिव लम्सालको आग्रह- मन्त्रीहरुलाई सच्याउनुस्, नत्र हामीलाई भेट्न माइतीघर आउनुस् (भिडिओ)

काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले वर्तमान सरकार पत्रकार र सञ्चार उद्योगप्रति अनुदार रहेको भन्दै कांग्रेसले मन्त्रीहरुलाई सचेत नगराउने हो भने आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियनको प्रतिष्ठान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले युनियन कांग्रेसको शुभेच्छुक संस्था रहे पनि सरकारको शुभेच्छुक नभएको भन्दै बजेट सञ्चार क्षेत्रप्रति अनुदार रहेको बताए ।

महामन्त्री गगन थापालाई सम्बोधन गर्दै लम्सालले भने, ‘नेपाल प्रेस युनियन कांग्रेसको भ्रातृ संगठन होइन शुभेच्छुक संगठन हो । तर सरकारको शुभेच्छुक संस्था होइन । माननीयलाई ५ करोड दिने सरकारले आर्थिक मन्दीका नाममा सञ्चार क्षेत्रको सवलीकरणका बजेट कटौती गरेको छ । हामी यो मान्दैनौं र समयमै पार्टीले सरकारमा बस्नेहरुलाई सच्याउन सकेन भने हामीलाई भेट्न तपाईंहरु माइतीघर मण्डलमा आउनुपर्नेछ ।’

लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानका नाममा आस्थाका आधारमा पत्रकारको नाम कटाउने कार्य स्वीकार्य नहुनेसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर