नेकपा एसको सचिवालय बैठक : घनश्याम भुसाल पनि सहभागी – Nepal Press

नेकपा एसको सचिवालय बैठक : घनश्याम भुसाल पनि सहभागी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

बदलिएको राजनीतिक परिवेश, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, पार्टी एकताबारे भएका प्रयासहरूबारे छलफल भइरहेको जनाइएको छ ।

बैठकमा नेकपा एमाले छाडेर प्रवेश गरेका घनश्याम भुसाल पनि सहभागी छन् । महासचिव बनाउने सर्तसहित एसमा आएका भुसाल अहिले सचिवालय सदस्य छन् । उनी पहिलोपटक सचिवालय बैठकमा सहभागी भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर