पूर्वराजाको दसैँ सन्देश:बलियो मियोमा आबद्ध भएर सुन्दर नेपाल बनाउन दिव्य चेतना आओस् (भिडिओ) – Nepal Press

पूर्वराजाको दसैँ सन्देश:बलियो मियोमा आबद्ध भएर सुन्दर नेपाल बनाउन दिव्य चेतना आओस् (भिडिओ)

'केही संरचना बदलेर केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछ'

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक परिस्थितिले जनतामा उत्साह नभएको टिप्पणी गरेका छन् । मुलुकको भविष्यप्रति भरोसा नभएको भन्दै उनको गुनासो समेत छ ।

दसैंको अवसरमा भिडिओमार्फत शुभकामना दिँदै शाहले सुन्दर नेपाल निर्माण गर्न बलियो मियोमा सबै आबद्ध हुनुपर्नेमा जोड दिए ।

‘पूर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ । आफ्ना सनातनि मूलभूत महिमालाई विथोलेर केही संरचना बदलेर केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछु, पूर्वराजा शाहले भनेका छन्, ‘त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक छ ।;

उनले पदलोभ र भागबण्डामा राजनीतिक केन्द्रित हुँदै गएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

शाहले भनेका छन्, ‘आज आस्था, सिद्धान्त र जनविश्वासका दृष्टि ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने जल्दोबल्दो प्रश्न बनेको छ । पदलोभ सत्तास्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोग्नेका लागि राजनीतिक केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ?’

कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाका सबै अंगभित्र विवाद, विग्रह र विकृति बढेकोले सर्वत्र प्रश्न उठेको उनको भनाइ छ ।

‘यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति र भविश्य निर्माणको कुनै भरोसा छैन । दायित्व के, गर्ने के, गर्नु नहुने के, न्यायिक मूल्यक के हो र के हैन यो सबै कुराको मूल्यांकन कसले गर्ने र कोबाट हुने ?, उनको प्रश्न छ ।

देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको शाहको जिकिर छ ।

उनले देश असफलतातिर धकेलिन लागेको टिप्पणी गरेका छन् ।

‘स्वतन्त्र सार्वभौम नेपालललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत, सक्षम र समृद्धिको पुनर्निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाललाई फेरि महान बनाउनुपरेको छु,’ शाहले शुभकामना सन्देशमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर