निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने
नेपाल प्रेस
२०७९ असोज ११ गते १५:४५
काठमाडौं । भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।
निर्वाचन आयोगले भोलि असोज १२ गते बुधवारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल प्रेस लाई जानकारी दिए ।
आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर